लक्ष्मण बहादुर बम
देशमा आमुल परिबर्तनको माहा अभियानले दस बर्षे माहान जनयुद्ध पछि जनस्तरको परिबर्तनकारी सोचको बिकासले जनता सबै सडकमा उतार्न सफल क्रान्ति ले १९ दिने जनआन्दोलन गर्न बाध्य पश्चात, राजतन्त्रको अन्त्य सँगै गणतन्त्र नेपालको स्थापना भएको छ ।
माहान जनयुद्धको योगदानले सृजना गरेको जनआन्दोलन पश्चात नेपालमा आएको नयाँ संबिधानमा माहान जनयुद्धका केही एजेन्डा छुटेपनि अधिकांश जनताका जनपक्षिय एजेन्डा समेटेर संसद भित्रको यथास्थितिवादी र नब अधिनायकबादि पक्षधर सँगको लामो संघर्ष पछि दुई, दुईपटकको संविधानसभाको गठन गरेर नेपालमा बिस्वको उत्कृष्ट भित्र गणना हुने दाबि गर्ने संबिधान पारित भएको छ । फलस्वरूप आज नेपाली जनताले थुप्रै कुरामा बिधिको शासन अनुभूति पनि गर्न पाएका छन ।
हाम्रो लागि सरकार छ परेको बेला सरकारले केही गर्छ समस्या परे सरकारलाई गुनासो गर्नुपर्छ भनेर हार गुहार गर्ने र गुनासो गर्ने ठाउँमा छ आज सर्बाहारा श्रमजिबि बर्ग र उत्पिडन बर्ग झन यस बेलाको विश्व तरङ्गित हुने गरि आएको कोभिड १९ नोवेल कोराना भाईरसले गर्दा पनि जनता प्रति उत्तरदायि सरकार भएको देखिन्छ, र जबर्जस्त रुपमा पनि लाग्नु पर्ने परिस्थिति यो नयाँ संबिधान ले सृजना गरेको छ । कहि कतै सिमा समस्या देखिए पनि समग्रमा जनता प्रति सरकारी भुमिकाको अनुभूति दिलाएकै देखिन्छ ।
यो माहान जनयुद्ध र त्यसले जन्माएको जनआन्दोलनको आँधिबेरिमा दलित , महिला , जनजाति , मधेसि ,पहाडि ,उत्पिडन बर्ग र क्षत्र को विशेष सहभागिता र निर्णायक भुमिकाले नयाँ नेपालको परिकल्पना गरेको छ ।
यो संबिधान लाई संस्थागत गरेर लैजाने हो भने वेरोजगारको अन्त्य , गरिबि मुक्त समाज , भोकमरि र माहामारिको निर्मुलिकरण , बर्ग बिभेदको अन्त्य , अशिक्षा र अन्धकार मुक्त समाज , हत्या हिसां रहित समाज र सुसासान मैत्रि समाजको परिकल्पना ले एक रत्ति पनि कम्जोर हुने ठाउँनै छैन तर बिडम्ना राजनैतिक अस्थिरताका कारण हरेक क्षत्रका दलालहरुको सकृयताले कहि न कहि गएर संकटमा परिरहेको र गन्तव्य तिरको मार्गमा अल्मलिने देखिएको छ । यस्ले ठूलो बलिदानि र योगदानि खेर जाने त हैन भनेर संका पैदा पनि गर्दै गएको छ ।
आज कम्युनिस्टको माहाअभियानले जन्माएका सत्यताको लडाइँमा निर्मम भएर लाग्ने युग पुरुष जन्माएकै कारण जटिलताको बिचबाट चौनौति सामाना गर्दै सहि अबतरणका लागि चुकेको छैन । तर यसलाई असफल गर्न अराजक मानसिकता बाट ग्रसित जो आफु बाहेक अरु को हि नदेख्ने अरुको भलो नचाहाने गुलामको चंगोलमा रमाउने दरिद्र मानसिकता भएकाले तेलमा पानी मिसिएर गाडिको गतिमा असर पारेझै कम्युनिष्ट आन्दोलन र त्यस्को मुल गतिमा कहि न कहि नेर असर देखा परेको छ । सकृय जमाथले नै यो ब्यस्था र संरचनामाथि अविश्वास पैदा गरि असफल गर्ने तिर सकृय देखिन्छ । निर्मला काण्ड को गुपचुप र त्यस प्रति सडक संघर्ष , रुकुम सोति काण्ड र त्यसको पक्ष र बिपक्षमा मिडियाको खेति , आक्रोस माथि घुसपैट अनि नियति संगै नेतृत्वलाई जबर्जस्त जोड्नु , कैलाली क्वारेन्टाइन घटना त प्रतिनिधि पात्र मात्र हुन । यस्तो घना र समचार पत्रकारका लागि मुख्य काम र दालभात नास्ता जस्तै भएका छन यसले कतै शक्ति त कतै असर गरिहेको पत्रकार जस्तो गरिमामय संस्थालाई समेत संकटमा पारेको छ ।
कलम नचलाए पत्रकारले नै उसैको पक्षपोषण को आरोप खेप्नु पर्ने लेखे कतै सत्यता कतै बिरोधाबास मुद्दा उठेको र नेपालको कानुनलेनै अलमल पारेको ले संकट पैदा गरि दिएको छ । यहाँ मन मिल्दा लेनदेन हुन्छ त्यहि केही कुरा नमिल्दा भ्रष्टाचार बन्छ । मन मिल्दा सम्म र आबस्यकतामा यौन सहकर्मि र यौन धन्दा हुन्छ त्यहि घुसपेट र खटपट पैदा हुदा जबर्जस्ति करणि र बलत्कार हुन्छ । हो कानुन अन्धो हुन्छ तर मन लागे दुरदर्सि र मन नलागे दृष्टिबिहिन हुन सक्दैन र हुनु हुदैन यहि भएर आज जनस्तरमा संकाको भुमरिले आतङ्क मच्चाएको छ । हो स्वार्थि दुनियाँ छ ब्यापार गर्न छोडि सकिन्छ त मथलबि समाज छ के कुमार र कुमारित्वले मानव अस्तित्व जोगाउन सकिन्छ त ? माया प्रेम नगरेर यो भयाभह र आतङ्कले परस्त्री सँग बोल्न लकडाउन घोषणा गर्नु पर्ने देखिन्छ । के यो सहि हुन्छ त ? त्यो पनि सम्भब छैन अनि अर्को तिर अन्याय र अत्यचार पनि सैय हुदैन कसैको ब्याक्तिगत अधिकार माथि पनि कसैले औला उठाउन कत्ति पनि उपयुक्त हुदैन ।
१ , कानुनको दायरामा अभियुक्तलाई उभ्याउदा राजनिति दलले खेल्नु पर्ने भुमिका
आज सामाजिक घटना र परिघटना लाई निहालिहदा राजनिति दलको आडमा जघन्य अपराध लुकाउने र उभियुक्त उम्काउने अनि पक्षमा हुदा सडेन्त्रमुलक तरिकाले बनावटि माहोल सृजना गरि दुबैतिर बाट पिडितले न्याय पाउनु को साँटो अन्याय परेको महसुस गर्ने र राजनिति दलको नेतृत्व माथि अबिस्वासको खाडल सिर्जना भएको छ । यसको चिरफार गर्नुपर्ने र पार्टि सदस्यता हैन अन्याय का पक्षमा बोल्न जरुरि छ ।
कार्यकर्ता को रक्षा अपराधमा संलग्नताबाट हो कानुनबाट हैन र गर्नु हुदैन सत्यताको पक्षधर हुन जरुरि छ जनता सधै एकैको हदैन एजेन्डा र कार्यसैलिबाट जनतालाई प्रष्ट्याउन सक्नु पर्छ । सामाज रुपान्तरणको जिम्मेवार राजनितीक दल नै हो यसमा ध्यान केन्द्रीकृत गर्न जरुरि छ । सत्यताको एजेण्डा बाट सबैले सुरक्षितको महसुस गर्छ ।
२. कानुनि निकायले अपराधीलाई सजाय दिदा ध्यान दिनु पर्ने कुरा
कानुनको ढोका कसैले अन्याय परेर न्याय माग गर्न ढकढक्याउन पक्छ त कोहि उछिनेर आफु वचन पनि कानुनको ढोकामा पुग्छ अर्कोतिर कसैको प्रयोगमा पैसाका लागि कमजोर बनाउने एजेण्डा बनाएर सिद्धयाउन प्रपन्च रचेर कानुनको नाटकिय कानुनको खोजि गर्छ । त्यसैले मुद्दा समात्ने तर अनुसन्धान बाट सत्य तथ्य बुझेर मात्र अभियुक्त ठहर गरेर मात्र दोसि समात्ने र कसैको भनसोन भन्दा कानुनि दायरा मा कुनै लचिलो नहुने गरि अघि बढ्ने न्यायलयको मर्यादा कायम राख्नुपर्छ । कानुन भन्दा ठूलो पावर र पैसा भएको ले आज कानुन र कानुनका पहरेदार बाट अबिस्वास पैदा हुने गरेको छ यस्ता कुरालाई ध्यान दिएर जान जरुरी छ ।
लेखक कालिकोट पलाँता गाउँपालिका अध्याक्ष हुन् ।