काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकोभ छ ।
बैठक अमेरिकी सहयोग परियोजना एमसीसी मा केन्द्रित हुनेछ । बैठकबाट मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी बारे निर्णय हुन सक्ने बुझिएको छ । एमसीसीको विषयलाई लिएर नेकपाभित्र लामो समयदेखि विवाद हुँदै आएको छ ।
एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । यसअघि नेकपाले आइतबार साँझ सचिवालय बैठक बोलाएको भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।