धनगढी, ४ असार– धनगढी स्थित प्रयोगशालामा बिहिबार एक दिन गरिएको परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ ।
१ सय ७६ जनाको परिक्षण गरिएकोमा २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार कैलाली, अछाम र कंचनपुरका कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।