हरिलाल जोशी
डोटी,असार ३
मानवीय सेवामा अनेकौँ प्रयास साईन नेपाल नामक संस्थाले डोटीको पुर्बीचौकी गाउँपालिकाका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार पोषण वितरण गरेको छ ।
बुधबार पुर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक वर्ष भित्रका ७० जना सुत्केरी महिलाहरुलाई पौष्टिक आहार पोषण सामाग्री वितरण गरेको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।
अध्यक्ष जोशीले सो वडाका वडाध्यक्ष अम्मर बहादुर चयडालाई एक लाख २७ हजार २ सय पचास रुपैयाँ बराबरको पोषण सामाग्री हस्तान्तरण गरि एकवर्ष मुनिका ७० शिशुका आमाहरुलाइ हर्लिक्स ,अण्डा ,चिनी ,प्रोटिन ,नुन ,सेनेटरी प्याड ,काजु र तोरीको तेल वितरण गरेको बताए