धनगढी, १ असार
उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले धनगढी उप–महानगरपालिका २ मा रहेको शारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकाहरुको लागि खाद्यान्न सहयोग गरेका छन् ।
वडा नं २ का वडा सदस्य रत्ना बिष्टले आफ्नो अनुरोधमा अध्यक्ष पुष्पराजले ब्यक्तिगत रुपमा ३० किलोको १० कट्टा चामल, ३० किलो दाल, ४ पेटी तेल, ५० किलो नुन, १० पेटी पानी उपलब्ध गराएको बताईन ।