काेराेना भाइरसकाे महाहारीकाे समयमा विदेशमा रहेका नेपालीहरु विचल्लीमा परेका छन् । यही समयमा विदेशमै सयाैं नेपालीकाे मृत्यु पनि भइसकेकाे छ । वैदेशिक रोजगारीका क्रममा चालू आर्थिक वर्षको वैशाखसम्म आठ सय चार जनाको ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो चैत र वैशाखमा मात्रै वैदेशिक रोजगारीका क्रममा दुई सय सात जना नेपालीले ज्यान गुमाएका छन्।
आर्थिक सर्वेक्षणमा जनाइएअनुसार फागुनसम्म पाँच सय ८१ पुरुष र १६ महिला गरी पाँच सय ९७ जनाको ज्यान गएको हो । गत आर्थिक वर्षमा सात सय ५४ जना नेपालीको वैदेशिक रोजगरीका क्रममा मृत्यु भएको थियो ।
बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार कोराना भाइरस ९कोभिड( १९० बाट वैदेशिक रोजगारीमा गएका २३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना विदेशी भूमिमा भाइरस ९कोभिड १९० बाट एक सय २१ जनो ज्यान गएको छ । १४ हजार भन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् ।
अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पछिल्लो दुई महिना लकडाउन बेला मृत्यु भएका कामदारको शव स्वदेश ल्याउन समस्या भएको छ ।
पछिल्ले दुई महिनायता मृत्यु भएका मध्ये ७५ जनाको सोही देशमा दाहसंस्कार गर्ने परिवारले सहमति जनाइसकेका छन् । बोर्डले नेपालसहित अधिकांश देशमा कोरोनाका कारण लकडाउन भएकाले सोही देशमै दाहसंस्कार गर्न परिवारलाई प्रेरित गर्दै आएको छ ।
नीतिगत निर्णय गरेर सम्बन्धीत देशमा दाहसंस्कार गरेमा ५० हजार आर्थिक सहायता दिने निर्णय गरिएको छ । अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको छ ।