सत्तारुढ नेकपाकी सांसद गंगा चौधरी सतगौवाले संसदभित्र भारतीय चेलीको दादागिरी चलेकाे आराेप लगाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै उनले भारतीय चेलीले संसद भित्र दादागिरी गर्न थालेकाे आराेप लगाएकी हुन् ।
केही दिनअघि संसदमा बोल्ने क्रममा समाजवादी पार्टीकी सांसद सरिता गिरीले एकतर्फी रुपमा सरकारले नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतसँग छलफल गरेरमात्र अघि बढ्न सुझाव दिएकी थिइन् ।
गिरीलाई जवाफ दिदै चौधरीले भनिन् ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने रु यो कस्ता बिडम्बना हो ?
