देवानन्द न्यौपाने
लम्की १६ जेठ- कैलालीको लम्कीचुहा नगरपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाईनमा खानेपानी र पंखा समेत नभएको पाईएको छ । लम्कीचुहा नगरपालिका भित्र सञ्चालित बिभिन्न क्वारेन्टाईनको अवस्थाबारे बुझन् नेपाली कांग्रेसले अनुगमन गर्दा सो पाएको बताएको छ ।
लम्कीचुहामा अस्तव्यस्त क्वारेन्टाईन भएको गुनासो पाएपछि नेपाली काँग्रेसले बिभिन्न क्षेत्रमा अनुगनका क्रममा क्वारेन्टाईनमा खानेपानी, सौचालय, बस्ने कोठामा पंखा नभएको पाएको नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्टले जानकारी दिए ।
एउटै कोठामा धेरै मानिसलाई राखिएको, नियमित स्वास्थ्य जाँच नगरीएको समेत क्वारेन्टाईनमा भेटिएको नेपाली काँग्रेस लम्कीचुहा नगरकार्यसमितिका पुर्व क्षेत्रीय सभापति देवानन्द जैशीले बताए । यस्तै क्वारेन्टाईनमा रहेकालाई मास्क, साबुन र सेनिटाईजरको अभाव रहेको पाइएको छ । ‘खाना र नास्तामा समेत समस्या देखिएको छ’ नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्टले भने–‘स्थानिय सरकार, लम्कीचुहा स्वास्थ्य शाखा र क्वारेन्टाईन ब्यवस्थापन समितिलाई तत्काल समस्या समाधानको लागि नगरपालिकालाई अनुरोध समेत गरेका छौ ।’
नेपाली कांग्रेस नगर सभापति रामबहादुर विष्टको संयोजगत्वमा नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशी, महासमिति सदस्य टेक नाम्जाली मगर, नेपाली कांग्रेस जिल्ला सल्लाहाकार सदस्य खडानन्द सापकोटा, टेकराज कठायत, नेपाली कांग्रेसका क्रियाशिल सदस्य पुर्णप्रसाद जैशी, नेपाल शिक्षक संघ लम्कीचुहा नगर सभापति रामबहादुर विष्ट, नेपाल प्रेस युनियन लम्की शाखा, कैलालीका अध्यक्ष देवानन्द न्यौपानेल अनुगमनको क्रममा बिभिन्न क्वारेन्टाईनमा बसिरहेका स्थानियको स्वास्थ्य, आवास र खानपानको ब्यावस्था बारे जानकारी लिएका थिए ।
अनुगमनको क्रममा समाजसेवि तथा नेपाली कांग्रेस जिल्ला सल्लाहाकार सदस्य खडानन्द सापकोटाको आर्थिक सहयोगमा रहेका स्थानियको लागि खाजा स्वरुप विष्कुट समेत वितरण गर्नु भएको थियो ।