• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रदेश सरकारलाई डा. रावलको सुझाव– ‘राजनीतिभन्दा माथि उठेर काम गर्नुस्’

धनगढी, १० जेठ  – कोरोनाले जनजीवन त्रसित बनेका बेला सुदूरपश्चिम प्रदेश सरकारले आम नागरिकलाई अभिभावकत्व दिन नसकेको सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस प्रतिपक्ष दलका नेता डा. रणबहादुर रावलले बताएका छन् ।

शनिबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीसँगको दबाबमूलक छलफलमा डा. रावलले सुदूरपश्चिमका सीमासँग जोडिएका दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा ४० देखि ५० हजार नागरिक अट्ने खालका क्वारेन्टिनहरु बनाउनु पर्ने बताउँदै भने,‘अहिले जसरी सरकारले भारतबाट आएका नागरिकलाई सीमामै रोकेर चेकजाँच नै नगरी सिधै स्थानीय तहमा पठाउँदै छ, त्यसले अर्काे विकराल रुप लिन सक्छ, त्यसैले प्रदेश सरकारले बेलैमा सीमा क्षेत्रका सबै जिल्लामा प्रवासी नेपालीहरुलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टिन बनाएर बसाउनु पर्छ ।’ उनले पहिलो चरणमा सीमामा आएका नेपालीहरुलाई सीमाकै क्वारेन्टिनमा राख्ने र त्यसपछि निश्चित समयपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखेर घर पठाउने प्रवन्ध मिलाउन समेत प्रदेश सरकारले भूमिका खेल्नुपर्नेमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई जोड दिए ।

यस्तै उनले अहिल्यै सबैलाई खाद्यान्न बाँड्नु भन्दा प्रदेश सरकारले खाद्यान्न संचित गरेर राख्नुपर्ने दूरदर्शी धारणा राखे । ‘हामीले अहिल्यै खाद्यान्न बाँड्ने हैन,’ उनले भने,‘आजको भन्दा भोलि झन भयावह स्थिति आउन सक्छ, त्यसैले खाद्यान्न संचित गरेर राख्नुपर्छ ।’ उनले अहिले गहुँको सिजन भएकाले प्रदेश सरकारले व्यापारीसँग भारत निर्यात गरिने खाद्यान्नलाई रोकेर प्रदेशमै खरिद गरी संचित गर्नुपर्ने धारणा राखे । ‘हामीले अहिले खाद्यान्न संचित गरेर राख्यौँ भने भोलि आउने भोकमरीलाई प्रदेशले सहजै टार्न सक्छ,’ उनले भने,‘यसतर्फ पनि प्रदेश सरकारले बेलैमा सोच्नुपर्ने बेला आएको छ ।’ कोरोनाले संत्रास बढेका बेला कांग्रेस संसदीय दल प्रदेश र संघीय सरकारको साथमा रहेको उनले बताए । उनले भने,‘अहिले हामी प्रदेश र संघीय सरकारको साथमा छौँ, तर सरकारले पनि राम्रो काम गर्नु परो ।’ राजनीति भन्दा माथि उठेर काम गर्नुपर्ने बेला आएको बताउँदै उनले भने,‘अहिलेसम्म राहत वितरणदेखि सबै ठाउँमा राजनीति देखिएको छ, त्यो भन्दा माथि उठेर प्रदेश र संघीय सरकार अगाडि आउनु पर्छ ।’ आगामी आर्थिक वर्षका लागि नयाँ बजेट बनाउँदा सरकारले कोरोनाका कारण विस्थापित भएका प्रवासी नेपालीलाई लक्षित गर्दै नयाँ कार्यक्रम ल्याउनुपर्ने पनि उनले बताए ।

‘आगामी नयाँ बजेटमा प्रदेश सरकारले सीप बोकेर फर्केका नेपालीलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउनुपर्छ,’ उनले भने,‘ता कि जसले गर्दा विस्थापित प्रवासी नेपालीलाई आफ्नै गाउँठाउँमा केही गर्न प्रेरित गरोस् ।’ मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकारले अन्य प्रदेशको भन्दा राम्रो काम गरेको दाबी गरे । उनले भने,‘हामीले अन्य प्रदेशको भन्दा राम्रो काम गरेका छौँ, यहाँ सत्ता पक्ष र प्रतिपक्षका साथीहरुले विरोधका लागि विरोध नगरिदिनुस् ।’

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.