धनगढी : सुदूरपश्चिममा शनिबार थपिएका बैतडीका ४ जना कोरोना संक्रमितलाई जिल्ला प्रशासन कार्यालय कैलालीले दुई अघि मात्र गौरीफन्टा नाकाबाट उद्दार गरेको थियो । उनीहरुलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्दार गरिएको थियो ।
सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचारमा रहेका बैतडीको शिवनाथ गाउँपालिका १ का २७, २० तथा वडा नम्वर २ का २२ र ३० बर्षीय पुरुषलाई जिल्ला प्रशासन कार्यालय कैलालीले दुई अघि मात्र गौरीफन्टा नाकाबाट उद्दार गरेको थियो। सीमामा आरडीटी पोजेटिभ देखाएका उनीहरुसँगै दुई हजार चार सय ९८ जना अन्यको पनि उद्दार गरिएको थियो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले थपिएका नयाँ संक्रमितको जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुदै फर्किएका रहेको बताए। ८ गतेदेखि आईसोलेसनमा राखिएका उनीहरुको धनगढी स्थित प्रयोगशालामा थ्रोट स्वाबको नमूना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखाएको थियो।