• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका नाकामा सम्हाल्नै गाह्रो, करिब १५ सयलाई परीक्षणबिनै गाउँ पठाईयो

धनगढी — भारतका विभिन्न सहरबाट सुदूरपश्चिमको गौरीफन्टा सीमा नाकामा दिनहुँ हजारभन्दा बढी संख्यामा नेपालीहरू आइपुग्न थालेका छन् । एक सातामा करिब ५ हजार जना भित्रिसकेका छन् । शुक्रबार मात्रै १५ सयभन्दा बढी नेपाली सीमामा आइपुगेका छन् ।

यसरी भित्रिएकालाई नाकामा परीक्षण गरिएको छैन । आरडीटी किट अभाव भएको भन्दै प्रदेश सरकारले नाकामा गरिँदै आएको परीक्षण रोकेको छ । भारतबाट भित्रिएकालाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्ने सर्तमा मात्रै स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न दिइरहेको छ । पर्याप्त मात्रामा किट नभएकाले सीमा नाकामा परीक्षण गर्न रोकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

‘स्थानीय तह र जिल्लामा पनि आरडीटी किट पठाएका छौं,’ उनले भने, ‘स्थानीय तहको क्वारेन्टाइनमा बस्न जाने भएकाले उतै उनीहरूको कोरोना परीक्षण गरिनेछ ।’
बुधबार र बिहीबार भित्रिएका २ हजार ४ सय ९८ जनामध्ये ७ सय ७० जनाको मात्रै आरडीटी परीक्षण गरिएको सेती अस्पतालले जनाएको छ ।

तीमध्ये १२ जनामा कोरोना पोजिटिभ देखिएपछि उनीहरूलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । बाँकीलाई स्थानीय प्रशासनले परीक्षणबिनै सम्बन्धित जिल्ला पठाएको छ । यसअघि जेठ २ र ३ गते आएका ९ सय ५० जनालाई आरडीटी टेस्ट गरी सम्बन्धित जिल्ला पठाइएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बुधबारदेखि सीमा नाकामा भारतबाट आउने भीड सम्हाल्नै गाह्रो भएको बताए । ‘बिहीबार घर पठाउन नसकिएका ६ सय जना नाकामै थिए,’ उनले भने, ‘शुक्रबार दिउँसो फेरि १५ सय जनाभन्दा बढी आइपुगेका छन् ।’

जोशीले जेठ २ देखि ९ गतेसम्ममा नाकामा आइपुगेका ५ हजार ४ सय जनाभन्दा बढी नेपाल भित्रिएको जानकारी दिए । ‘उनीहरूलाई सम्बन्धित जिल्ला पठाउने, क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँच गर्ने काम चुनौतीपूर्ण छ,’ उनले भने, ‘तर पनि सीमामा आइपुगेकालाई प्रदेश र स्थानीय सरकारको समन्वयमा व्यवस्थित र सुरक्षित रूपमा भित्र्याउने काम गरिरहेका छौं ।’

सूचना अधिकारी जोशीका अनुसार सीमामा आइपुगेकालाई लिन प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरेका छन् । ‘यहाँ आइपुगेकालाई व्यक्तिगत विवरण लिएर सम्बन्धित जिल्लामा पठाइरहेका छौं,’ उनले भने ।

शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.