धनगढी, ८ जेठ- नेपाली नागरिकको देशभर लकडाउन भएपछि भएपछि दैनिक जनजिवननै अस्तव्यस्त भएको छ । भारतमा मजदुरी गरेर फर्कने नेपालीहरु भारतमा लकडाउन भएपछि आफ्नो मातृभुमी फर्किरहेका छन् । नेपालीहरुलाई लकडाउन भएपछि दुईदेशिय सिमाको नाका समेत बन्द भएको छ । सबै भन्दा बढी समस्यामा मातृभुमी फर्कने नेपालीहरुलाई समस्यामा परेको देख्न सकिन्छ । सिमामा फर्कने बेला समस्यामा परेका नेपालीहरुलाई सुदूरपश्चिम सरकार उद्धार गरी गन्तव्य सम्म पुगाउनेको साटो मस्त देखिएको डडेल्धुरा नवर्दुर्गा गाउपालीका नरेन्द्र साउँदको भनाई छ ।
‘भारतमै मजदुरी गरी सबै समस्या बझेका सुदूरपश्चिमका मुख्यमन्त्री भए भनेर हामी प्रबासीहरु निकै हर्षित भएका थियौ’ सिमानामा अलपत्र परेका डडेल्धुराका चन्दले भने–‘मुख्यमन्त्री पनि सबै राजनीतिक नेता झै स्वार्थी नै देखिए ।’ अहिले सुदूरपश्चिम प्रदेश सरकारको भुमिका धेरै देखिनु पर्ने तर, प्रदेश सरकार भने आफै सत्ताको मोहमा मस्त भएको सिमानामा अलपत्र परेका नेपालीहरुको भनाई छ ।
उता सरकार बाहिर रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावल भने सिमानमा अलपत्र परेका नेपालीहरुको गुनासो सुन्न सिमानमै पुगे । नेता रावलले सिमानामा भएको नेपालीहरुको सम्बन्धीत स्थानीय तहाका प्रमुख संग समन्वय गरी सबारी साधनको समेत व्यबस्था मिलाउन सम्बन्धीत व्यक्तीलाई आग्रह गरे । ‘अहिले यस्तो माहामारीमा जनताको समस्या सामाधन गर्न सबै एकजुट भई काम गर्नुपर्छ भनेको कुनै सुनुवाई गरेन’ सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा. रावलले भने–‘बिपत्तीका वेला पनि आफ्नै भुमरीमा मस्त सरकार कुनै काम नलाग्ने सरकार भएको महसुश भएको छ ।’
डा. रावलले भने मैले पटक–पटक आवाज उठाएको छु कोरोनाका कारण भारत तथा तेस्रो मुलुकमा अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्धार गरि सुरक्षित रुपमा पुगाउनुपर्ने बिषयमा तर, सरकारले कुनै काम ठिक ढंगले गर्न सकेको छैन । उद्धारका लागि नेपाली कांग्रेसले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको नेता रावलको भनाइ छ ।
कोरोना नियन्त्रण तथा रोकथामको लागि पनि मूख्य प्रतिपक्षको भूमिकाबाट सहयोग र साथ दिएको समेत नेता रावलको भनाई छ । प्रदेश सरकारले सबै संग समन्वय गरी नीति बनाएर अगाडी बढ्न सल्लाह सुझाव दिएको तर पनि सुदूरपश्चिम सरकारले औपचारीक समन्वय नगरे पनि अनौपचारीक तरिकाबाट भए पनि कांग्रेसले कोरोना नियन्त्रणको लागि शत प्रतिशत सहगोग गरेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकार अलमलमै मस्त
प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले आफुहरु निति तथा कार्यक्रम बनाउनमा व्यस्त रहेकोले सीमा पुगेका नेपालीहरुको उद्धारमा जान नसकेको प्रतिक्रिया दिए । यता सीमा नाकामा नेपाल प्रवेश गरेका नेपालीलाई भेट्न नगएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को संक्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताए ।
मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाई गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताएका हुन् । सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, “हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ।”