• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विदेशबाट नागरिक ल्याउन सातै प्रदेशमा ‘फोकल पर्सन’ तोकिए

काठमाडौं ६ जेठ, सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरूलाई स्वदेश फर्काउने भएको छ । विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्य्विधि बनाउने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको उच्चस्तरीय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरूको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो । कार्यविधी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तयार पार्नेछ ।

सरकारले विदेशबाट फर्किनेहरूको व्यववस्थापन गर्न सातै प्रदेशमा एक(एकजना संघीय सरकारका मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरूले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन्। भारत बाहेक नै करिब ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ।

संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वागमतिमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।

कार्यविधी बनाएर क्याबिनेटमा पेस गरिने

सबै पक्षका सुझावहरु लिएर विदेशबाट फर्काउने र त्यसपछिको व्यवस्थापन गर्ने सम्बन्धमा कार्य्विधि बनाएर मन्त्रिपरिषद् बैठकमा पेश गरिने महिला बालिबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए ।

भारतबाट आउनेका कारण कोरोना संक्रमण तीब्र भइरहेका बेला थप मान्छेलाई कसरी भित्र्याउने र कहाँ राख्ने भन्नेबारेमा पनि कार्य्विधि बनाइने भएको छ । त्यस्तै खाडीलगायत तेस्रो मुलुकबाट नेपालीलाई फर्काउँदा सम्बन्धित देशमा कोरोना संक्रमित नभएको कागजात पेश गर्नुपर्नेछ । संक्रमित व्यक्तिलाई सम्बन्धित देशले नै पठाउन मिल्दैन ।

अहिले आउन चाहने सबैलाई ल्याउन सम्भव नभएको प्रधानमन्त्रीले संसदमै बताइसकेका छन् । सरकारले सम्बन्धित देशका दूतावास र एजेन्सीहरूमार्फत लकडाउनका कारण रोजगारी गुमाएर अलपत्र परेका, अशक्त अवस्थामा पुगेका तथा अन्य समस्यामा परेकालाई पहिलो चरणमा उद्धार गर्ने भएको छ ।

उद्धार कुन विधिबाट गर्ने भन्ने निर्णय भइसकेको छैन । नेपाल एयरलाइन्सलगायत अन्य नेपालका बिमान कम्पनीले उद्धार गरेर ल्याउने एउटा विकल्प छ । अर्को विकल्प कतिपय देशले नेपालले चाहेको खण्डमा नेपाली नागरिकलाई आफैँले विमानबाट पठाउने अनौपचारिक प्रस्तावसमेत पठाएका छन् । यसमा पनि छलफल भइरहेको एक मन्त्रीले बताए ।

स्वदेश फिर्तीसम्बन्धी कार्ययोजना र कार्य्विधि मन्त्रिपरिषद्बाट पारित भएपछि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काइने गुरुङले बताए । स्वदेश ल्याउने सुरक्षाका विधि, ल्याइसकेपछि क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने व्यवस्था र त्यसपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर घर पठाउनेलगायतका विषयमा कार्य्विधि बन्दैछ ।

मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.