धनगढी, ४ जेठ
भारतका बिभिन्न ठाउँमा अलपत्र परेकाहरु आफ्नो सिमानामा प्रवेश पाउदा जती खुसी थिए त्यो भन्दा धेरै सुदूरपश्चिम प्रदेश सरकार उनिहरुको आक्रोस थियो । भारतमा रहेका क्वारेन्टाईनबाट लखेटिदै, दिल्ली र लखनाउबाट पैदल हिड्दै ४९ दिनपछि नेपालीहरु कैलालीको त्रिनगरभन्सार नाकाबाट नेपाल प्रवेश पाएका थिए । प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीहरुले आफुहरुको अवस्था बुझ्ने प्रयास सम्म नगरेको गुनासो उनिहरुले गरे ।
नेपाल प्रवेश गर्नैलाग्दा सिमानाबाट फिर्ता गरेर पलियामा ४८ दिन क्वारेन्टाईनमा राखेको थियो कैलाली गोदावरी नगरपालिकाका गोविन्द थापाले भने, सिमानामा प्रदेश सरकारका मन्त्रीहरुलाई पुग्ने फर्सद भएन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आफुहरुलाई भेटेर क्वारेन्टाईनमा बस्ने ब्यबस्था गरेको नेपाल भित्रीएकाहरुले बताएका छन् ।
थापा जस्तै शनिवार र आईतबार त्रिनगरभन्सार नाका भएर भित्रिएका सबै नेपालीहरुको त्यस्तै गुनासो छ । लामो समय सिमानाका रोकिनु प¥यो कैलाली चुरेका टेकबहादुर सिंहले भने, धनगढी उप–महानगरपालिकाका स्वास्थ्यकर्मीहरुले चेकजाँच गरेर अत्तरिया पठायो अहिले तेघरीको क्वारेन्टाईनमा छु । सिमामा पुगेकाहरुले सुदूरपश्चिममा प्रदेश सरकार नभएको अनुभूती भएको बताएका छन् ।
सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले आफुहरु निती तथा कार्यक्रम बनाउनमा ब्यस्त रहेको बताए । उनले भने, हामी नगएपनि चेकजाँचमा स्वास्थ्यकर्मीले सहयोग गरेका थिए । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र आफु दुई दिन देखि त्रिनगर भन्सार नाकाबाट भित्रिएकाहरुको स्वास्थ्य परिक्षण, क्वारेन्टाईन र सम्वन्धीत ठाउँमा पठाउनका लागि खटिरहेको बताए । उनले भने, सामान्य स्वास्थ्य परिक्षण पछि धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस, नवदुर्गा माविमा क्वारेन्टाईन राखिएको बताए । प्रदेश सरकार बाहिर निस्कीएको छैन नगरप्रमुख वडले भने, धनगढी उप–महानगरपालिकाको श्रोत साधानले भ्याए सम्म ब्यबस्थापन गरिरहेका छौं । देशभरीकै ब्यक्तिहरु यो नाकाबाट भित्रिएका छन् नगरप्रमुख वडले भने, त्यसको सबै भार उप–महानगरपालिकालाई परेको छ । दुई दिन यता त्रिनगर नाका भन्सार नाका भएर ८ सय ६४ जना भित्रिएका छन् नगरप्रमुख वडले भने, त्यसमा धनगढीका २६ जना मात्रै छन् सबैको ब्यबस्थापन हामीले गरेका छौं ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सुदूरपश्चिम प्रदेशका मात्रै नभएर झापा सम्मका ब्यक्तिहरु त्रिनगर भन्सार नाका भएर भित्रिएको बताए । उनले भने, उनिहरुलाई कसरी पठाउने भनेर समन्वय भैरहेको छ ।
सिमानामा पुग्दा पनि प्रदेश सरकार नभेटिएको गुनासो
सिमानामा पुग्दा पनि प्रदेश सरकार नभेटिएको गुनासो