धनगढी, १ जेठ
धनगढी उप–महानगरपालिकाले राहत चामलका बिषयमा देखिएको समस्याको छानविनका लागि समिति गठन गरेको छ ।
उप–महानगरपालिकाको कार्यपालिकाको बैठकले ३ दिनको समय सिमा र काम तोकेर छानबिन समिति गठन गरिएको छ । धनगढी उप–महानगरपालिले प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । अहिले विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ विज्ञप्तीमा भनिएको छ , नेपाल सरकारले महामारी फैलिन नदिन चैत ११ गते देखि लकडाउन जारी गरेको छ । बाध्यात्कम लकडाउनका कारण छाक टार्न समस्या भएका मजदुरहरुलाई सरकारी मापदण्डमा रहेर दोश्रो चरणको राहत वितरणको काम भैरहेको थियो । उप–महानगरपालिकाको वडा नं ४ मा वितरण वितरण भैरहेको राहत मध्य केहि ब्यक्तिले बुझेको चामल गुणस्तरीय नभएको गुनासो आउने वित्तिकै वितरणको काम रोकेर छानविन प्रकृया अगाडी बढाई सकिएको आम नगरवासीमा जानकारी गराउन चाहन्छौं ।
राहत वितरण र खरिदको बिषयलाई लिएर उप–महानगरपालिकालाई लगाईएको आरोपले हाम्रो गम्भीर ध्यान आकर्षण गराएको छ विज्ञप्तीमा भनिएको छ, उप–महानगरपालिकाले टेन्डर प्रकृयाबाट चामल खरिद गरेको हो । चामल खरिद गर्ने काम कानुन सम्मत गरिएको तथ्य आम नगरवासीमा जानकारी गराउदै ठेक्का पाएको फर्म ठाकुर ट्रेड लिङ्कले सिधै वडामा खसालेको केहि चामलमा त्रुटी भेटिएको हो । आपूर्तीकर्ता फर्म ठाकुर ट्रेड लिङ्क धनगढीले यस कार्यालय संग सम्झौता भएअनुसारको चामल उपलब्ध नगराई गुणस्तरहिन चामल उपलब्ध गराएकोले मिति २०७७ बैशाख ३१ गते बसेको नगर कार्यपालिका बैठकले घटनाको थप छानविन र अनुसन्धानका लागि ५ सदस्यीय छानविन समिति गठन गरिसकेको आम नगरवासीमा अनुरोधका साथ जानकारी गराउन चाहन्छौं । यस समितिलाई २०७७ जेठ १ गते देखि लागुहुने गरी सम्पूर्ण कुराको छानविन सहित ३ दिन भित्र कार्यपालिका बैठकमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ । छानविन समितिको प्रतिवेदनका आधारमा ठेक्का रद्ध लगायत अन्य कानुनी कार्वाहीमा जाने ब्यबहोरा अवगत गराउन चाहन्छौं विज्ञप्तीमा उल्लेख छ ।
राहत चामलका बिषयमा छानविन समिति गठन, तीन दिनको समय सिमा तोकियो
राहत चामलका बिषयमा छानविन समिति गठन, तीन दिनको समय सिमा तोकियो