धनगढी, ३१ बैशाख- लकडाउन पछि जनताले भोग्दै आएको समस्याका बारेमा नेपाली काँग्रेस कैलालीले क्षेत्रिय, नगर, गाउ र वडा समितिसंग बुझेको छ । कार्यकर्तालाई जिल्ला भित्र राहत संकलन तथा जनसरोकारको बिषयमा केन्द्रीत रहन कार्यकर्तालाई निर्देशन दिएको छ ।
बुधबार नेपाली काँग्रेस कैलालीले जिल्लाका भातृ तथा शुेभेच्छुक संगठनका प्रमुख संग (भिडियो कन्फ्रेन्स) भर्चुअल बैठक गरी सो निर्देशन दिएको हो । जिल्ला समितिले भातृ तथा शुभेच्छुकका प्रमुख संग जिल्लाका बिभिन्न क्षेत्रमा भएका समस्या र कसरी काँग्रेसले पहल गरिरहेको बिषयमा रिपोर्ट संकलन समेत गरिएको थियो
सबै भातृ संगठन तथा शुभेच्छुक संगठनले जिल्लामा भएका गतिबिधीका बारेमा छलफल भएको थियो । सबै क्षेत्रमा डटेर जनताका पक्षमा काम गर्न नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले निर्देशन समेत गरेको बताईएको छ ।
बैठकमा सरकारले जनजिविका समस्याका सवालमा गम्भीर नभएको बिषयमा छलफल भएको नेपाली काँग्रेस कैलालीका प्रशिक्षण बिभाग संयोजक नृप सुनारले जानकारी दिए । बैठकमा दार्चुला क्षेत्रमा भारतिय पक्षले एकतर्फी रुपमा सिमा मिचेर सडक बनाईरहेका बिषयमा सरकार मौन भएको बिषयमा दाबाव दिनुपर्ने कार्यक्रम ल्याउनु पर्ने समेत बैठकमा बहस भएको नेपाली काँग्रेस कैलालीका प्रशिक्षण बिभागका कैलाली संयोजक सुनारले बताए ।
बैठकमा प्रध्यापक सघ कैलाली बहुमुखी क्याम्पसका सभापती लोक बहादुर बिष्ट, नेपाल महिला सघ कैलाली अध्यक्ष पुष्पा भट्ट, किसान सघ कैलाली अध्यक्ष टिकादत्त जोशी, नेपाल मगर सघ सुप सयोजक खडक मगर, लोकतान्त्रिक अपाङ्ग सघ कैलालीका अध्यक्ष कृष्ण धमला, नेपाल लेखक सघ कैलालीका अध्यक्ष गणेश नेपाली, डेमोक्रेटिभ ईन्जिनियर एसोसिएसन कैलाली अध्यक्ष लब जोशी, नेपाल ट्रेड युनियन कैलालीका अध्यक्ष ज्ञानेन्द्र शाह, सास्कृतिक सघ कैलालीका अध्यक्ष सुरत रावत, नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल शिक्षक सघ कैलाली अध्यक्ष गणेश ओझा, नेपाल कर्मचारी युनियन कैलाली अध्यक्ष खेमराज जोशी, वित्तीय कर्मचारी युनियन कैलालीका अध्यक्ष ललित कार्की, नेपाल बिधुत कर्मचारी सघ कैलालीका अध्यक्ष लालबहादुर चन्द, नेपाल तरुण दल कैलालीका सचिब प्रकाश जोशी, नेपाल विद्यार्थी सघ कैलालीका अध्यक्ष भेष बम, नेपाल मगर सघ कैलालीका अध्यक्ष नेत्र मगर र नेपाली काँग्रेस कैलालीका प्रशिक्षण बिभाग संयोजक नृृप सुनार सहभागिता रहेको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।