सुखड ३१ बैशाख- नेपाली कांग्रेस घोडाघोडी नगर कार्यसमितिले बुधबार नगरपालिका कार्यालयलाई खाद्यान्य हस्तान्तरण गरेको छ । लडाउनका बेला दैनिक उपभोग्य सामान नभएर चुल्हो बल्न छाडेका दैनिक ज्यालादारी गरी परिवार पाल्नेहरुका लागि भन्दै नेपाली कांग्रेस घोडाघोडी नगर कार्यसमितिले खाद्यान्य हस्तान्तरण गरेको हो ।
घोडाघोडी नगरपालिका भित्र रहेका कांग्रेसप्रति आस्थावान समाजसेवी, वुद्धिजीवि, नागरिक समाज, व्यापारी, शिक्षक, कर्मचारी, नेता तथा कार्यकर्ताबाट संकलित रकमबाट खाद्यान्न खरिद गरी नगरपालिकालाई सहयोग गरेको नेपाली काँग्रेस महासमिति सदस्य तथा घोडाघोडी नगरपालिकाकी काँग्रेस उमेद्बार रिता चौधरीले जानकारी दिईन् ।
काँग्रेसले नगरपालिकालाई चामल ६० कट्ठा, दाल ४ सय केजी, खानेतेल ३ सय लिटर, नुन २ सय ५० केजी र साबुन ४ सय ४२ पीस हस्तान्तरण गरेको काँग्रेस नेतृ चोधरीले जानकारी दिईन् । ज्याला मजदुरी गरेर खाने परिवारको अवस्था नाजुक देखेपछि कांग्रेसप्रति आस्थावान व्यक्तिहरुले रकम संकलन गरी खाद्यान्य खरिद गरेर राहत हस्तान्तरण गरेको नगर सभापति कमलराज चौधरीले बताए ।
विपद्को घडीमा कांग्रेस जहिल्यै जनताका साथमा हुने भएकाले हामीले कोरोनाको संत्रासका बेला दैनिक ज्याला मजदुरी गरि खाने वर्गलाई समस्या नहोस् भनेरै राहत संकलन गरी नगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए ।अप्ठेरो अवस्थामा नेपाली कांग्रेस घोडाघोडी नगर कार्यसमितिले मानवियताका लागि सहयोग गरेकोमा नगर प्रमुख ममता प्रसाद चौधरी धन्याबाद व्यक्त गरेका थिए ।
उपलब्ध भएको खाद्यान्न साँझ बिहानको एक छाक खाना पनि जुटाउन मुस्किल भएका अति विपन्न परिवारलाई राहत वितरण गरिने नगर प्रमुख चौधरीले बताए ।