धनगढी, ३० बैशाख
कैलालीको चुरे गाउँपालिका ४ बालुवागडामा क्वारेन्टाईनमा राखिएका दुईजनालाई घर पठाईएको छ ।
उनिहरुको स्वास्थ्य परिक्षण पछि घरमै क्वारेन्टाईनमा बस्ने गरि पठाईएको हो । वडा अध्यक्ष कृष्ण मल्ल, वडा सदस्य पदमबहादुर गुरुङ्ग स्वास्थ्य अधिकृत , नेपाली कांग्रेस चुरे गाउँ उप–सभापती टिकाराम ढुङ्गाना र नेपाली कांग्रेसका स्थानीय नेता हेम बिष्टले घरमै क्वारेन्टाईनमा बस्ने प्रतिवद्धता पछि सूर्यमुखी आधारभूत विद्यालयमा रहेको क्वारेन्टाईनबाट घर पठाएका हुन ।
हेटौडामा मजदुरी गर्ने दुबैजना १४ दिन हेटौडामा र त्यसपछिका १४ दिन गाउँकै क्वारेन्टाईनमा बसेका थिए ।
क्वारेन्टाईनमा रहेका दुईजनालाई होम क्वारेन्टाईनमा पठाईयो
क्वारेन्टाईनमा रहेका दुईजनालाई होम क्वारेन्टाईनमा पठाईयो