धनगढी, २९ बैशाख
राहत चामल कम गुणस्तरको भएको भन्दै वडा नं ४ का बासिन्दाले गुनासो गरेपछि धनगढी उप–महानगरपालिका छानविनमा उत्रिएको छ ।
स्थानीय सिता थापा लगायत केहि ब्यक्तिहरुले राहतको चामलमा किरा भेटिएको भन्दै वडा समिति संग गुनासो गरेकि थिईन । त्यसपछि धनगढी उप–महानगरपालिकाले तत्काल वडा नं ४ मा राहत वितरण नगर्न निर्देशन दिएको थियो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपहादुर वडले जनताको गुनासो आएकाले तत्काललाई त्यस वडामा राहत वितरणको काम रोकेर छानविन प्रकृया अगाडी बढाईएको बताए । खाद्यान्न आपूर्तिको ठेक्का धनगढीमा रहेको ठाकुर एग्रोले पाएको थियो, नगरप्रमुख वडले भने, त्यस आफूर्तीकर्ता फर्मले नै वडाको मागका आधारमा वडामा नै खाद्यान्न पु¥याएको हो । गुनासो आएकाले गुणस्तर कार्यालय, रेडक्रस , वडा समिति, गुनासोकर्ता, नगरको अनुगमन समिति सबैको रहोवरमा चामल हेर्ने काम गरेको नगरप्रमुख वडले भने, हामीले गुणस्तर चेकजाँचका लागि सम्वन्धीत निकायलाई अनुरोध गरेका छौं त्यसका आधारमा कार्वाही अगाडी बढ्छ । शिवपुरी धाममा गोदाम गरेर राखिएको चामलमा ५ वटा बोरी खोल्दा एउटा बोरीमा कम गुणस्तरको चामल भेटिएको बताईएको छ ।
नगरपालिकाले १९ वटै वडामा चामल खाद्यान्न बाड्दा गुनासो नआएको बताउदै नगरप्रमुख वडले भने, पछिल्लो पटक खाद्यान्न आपूर्ती गर्ने फर्मले वितरण गरेको खाद्यान्नमा कैफियत हुन सक्ने भन्दै वितरणको काम रोकिएको र दुई तीन दिनमै पुनः वितरण सुरु हुन्छ ।
रातहको चामलमा उप–महानगरले छानबिन गर्दै
रातहको चामलमा उप–महानगरले छानबिन गर्दै