धनगढी २६ बैशाख- धनगढी उपमहानगरपालिका ६ जालीको न्यु उपदेश युवा क्लवले बिहिबार दिप प्रज्वलन गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सम्मानमा दीप बाल्न आह्वान गरपछि न्यु उपदेश युवा क्लवले पनि जालीको पिपल चौकमा पनि दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।
राष्ट्रिलाई र समाजलाई बचाउ, घरमै बसौ भन्ने मुल नाराका साथ क्लले दिप प्रज्वलन गरेको न्यु उपदेश युवा क्लवका बिदेश चौधरीले जानकारी दिए । कार्यक्रममा क्लवका युवा तथा गाउलेहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।
कोरोना भाइरसको महामारी र लकडाउनका कारण देशभर कुनै औपचारिक कार्यक्रम आयोजना नभएपछि सरकारले वुद्ध जयन्तीको अबसरका आह्वान गरेको कार्यक्रम दिप प्रज्वलन कार्यक्रम गरिएको क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
सरकारले यस वर्ष वुद्धजयन्तीमा बेलुका ७ बजे दीप बाल्न सबै देशवासीलाई आह्वान गरेको थियो । सरकारको आह्वानमा देशका धेरै ठाउँमा घरमा र सार्वजनिक स्थलमा पनि दीप बालिएको छ ।






