धनगढी,२३ बैशाख
धनगढीमा रहेको ग्राम विकास तथा अनुसन्धान केन्द्रले कोरोना भाइरस कोभिड १९ को रोकथाममा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
संस्थाका महासचिव गम्भीर सिंह ऐर, सदस्य गोमा आचार्य टोलीले धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई १२५ थान मेडिकल मास्क, १२५ थान हेन्ड सेनिटाईजर र १२५ थान ग्लोब्स हस्तान्तरण गरेका हुन । नगरप्रमुख वडले यो स्वास्थ्य सामाग्री नगरक्षेत्रमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई उपलब्ध गराउने बताए । नगरप्रमुख वडले असहज परिस्थीतिमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने ग्राम विकास तथा अनुसन्धान केन्द्रलाई धन्यवाद दिए ।
आरडीआरसी धनगढीद्वरा स्वास्थ्य सामाग्री हस्तान्तरण
आरडीआरसी धनगढीद्वरा स्वास्थ्य सामाग्री हस्तान्तरण