धनगढी,२१ बैशाख
पञ्चकन्या ग्रुपले लकडाउनका कारण छाकटार्न समस्या भएका अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापाका अनुसार पञ्चकन्या ग्रुपले वडाको रहोवरमा ७५ जना अति बिपन्न प्रति परिवारहरुलाई साढे १२ किलो चामल, १ किलो नुन, ३ किलो आलु, २ प्याकेट सोयाविन, २ किलो मिक्स दाल , १ लिटर तेल, १ किलो नुन , १ पीस सावुन उपलब्ध गराईएको छ ।
पञ्चकन्या ग्रुपका धनगढी शाखा मेनेजर श्रवण कुमार अधिकारीका अनुसार सामाजिक उत्तरदायीत्व अन्तरगत अति बिपन्न, दलित, एकल महिला, अपाङ्ग, मुक्त हलिया, मुक्त कमैया,मजदुरहरुलाई राहत उपलब्ध गराईएको छ ।
पञ्चकन्या ग्रुपद्धारा अति बिपन्न परिवारलाई राहत वितरण
पञ्चकन्या ग्रुपद्धारा अति बिपन्न परिवारलाई राहत वितरण