धनगढी, ७ बैशाख
निर्माण व्यवसायी संघ कैलालीले लक डाउनका कारण छाक टार्न समस्या भएकाहरुका लागि राहत वितरणमा सहयोग पुगोस भनेर एक लाख १५ हजारको चेक हस्तान्तरण गरेको छ ।
त्यसैगरी आठ सय थान मास्क पनि नगर स्तरीय बिपद ब्यबस्थापन समितिलाई सहयोग गरेको छ । आईतबार धनगढी उप धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई संघका अध्यक्ष यज्ञराज उपाध्याय लगायतका पदाधिकारीहरुले चेक र मास्क हस्तान्तरण गरेका हुन ।
नगर प्रमुख वडले असहज परिस्थितिमा सहयोग गरेको भन्दै निर्माण व्यवसायी संघ कैलालीलाई धन्यवाद दिए ।
निर्माण ब्यावसायी संघ कैलालीद्धारा एक लाख १५ हजारको चेक हस्तान्तरण
निर्माण ब्यावसायी संघ कैलालीद्धारा एक लाख १५ हजारको चेक हस्तान्तरण