धनगढी, ७ बैशाख
धनगढी उप–महानगरपालिकाले लक डाउनका कारण धनगढीमा रोकिए बाध्य भएका धनगढी नगरबाहिरका ब्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
उप–महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको सुचनाका आधारमा नगरबाहिरका ब्यक्तिहरुको बिवरण संकलन गर्न थालेको हो । धनगढीमा रोकिएका ब्यक्तिहरुलाई आफु रहेको वडा अध्यक्ष वा वडाका प्रतिनिधीहरुको सम्पर्कमा आउन अनुरोध गरेका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, वहाँहरुको बिवरण संकलन गरेपछि उनिहरुको बारेमा जिल्ला प्रशासन कार्यालयले उचित निर्णय लिन सक्छ ।
लकडाउनका कारण धनगढीमा रोकिन बाध्य भएका ब्यक्तिलाई सम्पर्कमा आउन आग्रह
लकडाउनका कारण धनगढीमा रोकिन बाध्य भएका ब्यक्तिलाई सम्पर्कमा आउन आग्रह