धनगढी, ५ बैशाख
धनगढी उप–महानगरपालिकाले कोरोना भाइरस ( कोभिड,१९) को जोखिमबाट बच्नका लागि पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उप–महानगरपालिकाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । नगरप्रमुख नृपबहादुर वडले नेपाल पत्रकार महासंघका कोषाध्यक्ष हिमाल जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमको पनि उपस्थीति रहेको थियो ।
नगरप्रमुख वडका अनुसार धनगढीका पत्रकारहरुलाई भनेर ४०० थान मास्क, ४० बट्टा सेनीटाईजर, १०० थान ग्लोब्सहरु हस्तान्तरण गरिएको हो । पत्रकारहरु, स्वास्थ्यकर्मीरु, सुरक्षाकर्मीहरु सबैभन्दा बढी जोखिममा रहेर काम गरिरहेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाद्धारा पत्रकारका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण
धनगढी उप–महानगरपालिकाद्धारा पत्रकारका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण