धनगढी, ४ बैशाख- सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको जोखिमबाट सुरक्षित रहन कुनै ठोस योजना नल्याएको भन्दै प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले चिन्ता व्यक्त गरेको छ ।
बिश्वनै कोभिट १९ कोरोना भाईरसबाट आक्रान्त भएका वेला सुदूरपश्चिम सरकारलाई प्रदेशका जनताका लागि कुनै नयाँ प्याकेज ल्याउन नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले दबाव दिने बताएको छ ।
प्रमुख प्रतिपक्षि दल काँग्रेसका प्रदेश सदस्यहरुको बिहिबार भिडियो कन्फ्रेन्स बैठकमा सो बिषयले प्रमुख स्थान पाएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रबक्ता तथा प्रदेश सदस्य डिल्ली पन्तले जानकारी दिए ।
यस्तो बिषम परिस्तथीमा प्रदेश सरकारले खेल्नुपर्ने भुमिका खेल्न नसकेको भन्दै प्रतिपक्षि दलका प्रदेश सदस्यहरुले चिन्ता व्यक्त गरेको प्रबक्ता पन्तले जानकारी दिए ।
यस्तो महाविपक्तिमा सत्तापक्ष र प्रतिपक्षि नभनि सबैले एक जुटभएर काम गर्ने वेलामा सरकारको काम सन्तोषजनक नभएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले दुखः व्यक्त गरे । उनले सेती प्रदेशिक अस्पताललाई सो अबस्थामा राखि कोभिट १९ कोरोना भाईरस संक्रमित राख्ने आईसुलेसन र उपचार कक्ष गेटा मेडिकल कलेजलाई बनाउन समेत प्रदेश सरकारलाई आग्रह गरे ।
बैठकमा अग्रपंतीमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सुरक्षित हुने सबै सामाग्री उपलब्ध गराउन दाबव दिने छलफल भएको बताईएको छ । सुदूरपश्चिम प्रदेश सरकार संग बजेट अपुग भएमा काँग्रेसका सबै प्रदेश सदस्यका संसदीय बिकास कोषको बजेट पनि प्रयोग गर्न दिने सबै सहमत भएको हो ।
प्रमुख प्रतिपक्षि दलको भिडियो कन्फ्रेन्स बैठकबाट सरकारलाई काम गर्नमा सबै किसिमको सहयोग गर्ने समेत निश्कर्ष निकालेको हो ।