• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोना भाइरसको असरः गरीबीको संख्या बढ्ने, आर्थिक बृद्धिदर ५ प्रतिशतमा सीमित हुने

काठमाडौं । २०७२ सालमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीको कारण ७ लाख जना मानिसहरु गरिबीमा पुगे ।

राष्ट्रिय योजनाका आयोगको दाबीमा नेपालमा गरीबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत हो । यद्यपि सरकारी दाबीमा आंशका गर्ने ठाउँ भने प्रशस्त छ ।

भूकम्प र नाकाबन्दीपछि गरिबीको संख्या बढेजस्तै कोरोना भाइरसको कारण गरिबीको संख्या बढ्ने खतरा बढेको छ ।

नेपालले पछिल्लो समय हासिल गरेको गरिबी निवारणको उपलब्धी कोराना भाइरसको कारण अर्थतन्त्रमा देखिएको शिथिलतासँगै बढ्ने खतरा बढेको छ ।

नेपाली अर्थतन्त्रमा कोरोना भाइरसको अर्थतन्त्र पार्ने असरको अध्ययन सरकारले शुरु गरेपछि यसको प्रभावको बारेमा ठ्याक्कै अनुमान गर्न सकिने अवस्था छैन ।

केन्द्रीय तथ्यांक विभागका अधिकारीहरु चालु आर्थिक वर्षमा ५ प्रतिशतमा आर्थिक बृद्धिदर झर्न सक्ने अनुमान गर्छन् । लगातार तीन आर्थिक वर्षमा करिब ७ प्रतिशतको आर्थिक बृद्धिदरपछि कोरोना भाइरसको कारण आर्थिक बृद्धिदर चालु आर्थिक वर्षमा ५ प्रतिशतमा सीमित हुने खतरा देखिएको हो ।

कोरोना भाइरसको नियन्त्रणमा नआएमा भने यसले पार्न सक्ने असरको कल्पना समेत गर्न सकिदैन ।

अर्थ्विद् विश्व पौडेल कोरोनाको असरको समयमा ५ प्रतिशतको आर्थिक बृद्धिदर भएमा ठूलो उपलब्धी मान्नुपर्ने बताउँछन् ।

‘कोरोना भाइरस नियन्त्रणमा नआएमा गरिबीको संख्या बढ्ने हुन्छ,’ पौडेलले भने ।
तर, अहिले नै पूर्णरुपमा आत्तिनुपर्ने अवस्था नआएको र सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

कोरोना भाइरसको कारण सबैभन्दा बढी असर गरेको पर्यटन क्षेत्रमा हो । जहा बैंकहरुको मात्र १ खर्बभन्दा बढीको ऋण प्रवाह भएको छ ।

नेपाल पर्यटन वर्ष २०२० र पोखरा र भैरहवामा खुल्न लागेका क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको कारण होटलमा अत्यधिक लगानी बढेको थियो । बिहीबारदेखि काठमाडौंमा पाँचतारे होटलले बन्द गर्ने निर्णय गरेका छन् । यसैपनि पर्यटक आगमन कमजोर बनेपछि होटलहरु खाली नै थिए ।

‘अहिले पूर्णरुपमा प्रभावित भएको होटल र जलविद्युत् क्षेत्र हो, त्यसमा होटल क्षेत्रमा सरकारले सहुलियत दिनुपर्ने हुन्छ,’ पौडेलले भने ।

पौडेलले सरकारले सहुलियत दिँदा पहिलो प्राथमिकता ब्याज तिर्न नसक्ने र कमजोर अवस्था भएका व्यवसायीलाई दिनुपर्ने बताउँछन् ।

सरकारले कोरोना भाइरसको कारण सगरमाथा आरोहण रद्द गर्यो । यो वर्षका लागि आरोहण हुने छैन । जसले गर्दा पर्यटन क्षेत्रमा काम पाएका र सोसँग सरोकार राख्ने क्षेत्रमा रोजगारी गुमेको छ ।

यद्यपि सरकारले बिहीबार पर्यटन क्षेत्रलाई राहत दिने घोषणा गरेको छ । यसअघि नै राष्ट्र बैंकले पर्यटन क्षेत्रमा ऋणको किस्ता तिर्दा सहुलियत दिने घोषणा गरेको छ ।

तर, पर्यटन क्षेत्रसँग सरोकार राख्ने श्रमिकहरुले गुमाएको रोजगारीलाई कसरी सम्बोधन गर्ने योजना भने सरकारबाट आएको छैन ।

कोरोना भाइरसको कारण अर्को मुख्य समस्या देखिने भनेको रेमिट्यान्स आयमा आउने कमी हो । नेपाली अर्थतन्त्र चलेको भनेको रेमिट्यान्स कारण हो ।

रेमिट्यान्सको मुख्य स्रोत भारत, खाडीका देशहरु, मलेसिया, जापान, कोरिया र युरोप र अमेरिका हुन् । त्यहाँ कतिपय देशमा पूर्णरुपमा देश ठप्प हुने अवस्था पुगेको छ ।

कोरोनाको असर नदिएको माघ मसान्तसम्ममा पनि रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा ०.५ प्रतिशत घटेको छ । ५ खर्ब १३ अर्ब रुपैयाँको रेमिट्यान्स आएको छ । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल कोरोनाको असरको कारण रेमिटेन्स घट्ने देखिएको बताउँछन् ।

‘जुनदेशबाट बढी रेमिट्यान्स आउने थियो, ती देशहरु लक डाउनको स्थितीमा छन्, त्यो प्रक्रिया लम्बिएमा रोजगारी गुमाउने निश्चित छ,जसले रेमिट्यान्स आउने छैन,’ पोखरेलले भने ।

सरकारले विदेश जान लगाएको प्रतिबन्धको कारण देशमा लक डाउनको स्थिति छ । यसले रेमिट्यान्स झनै घटाउने छ । यद्यपि सरकारले भने देशमा नै केही गर्नका लागि नागरिकहरुलाई अनुरोध गरेको छ ।

कोरोना भाइरसको असर अर्को देखिएको जलविद्युत् निर्माणमा क्षेत्रमा हो । चालु आर्थिक वर्षमा आउने भनिएको तामाकोशी जलविद्युत् आयोजना यो वर्षमा नआउने सम्भावना बलियो छ । जसले नेपालले हासिल गर्न सक्ने आर्थिक बृद्धिदर थप कम हुन्छ ।

यसबाहेक अन्य जलविद्युत् आयोजनाको काम अब ठप्प जस्तै हुन थालेको छ । पूर्वाधारका अन्य क्षेत्रमा समेत काम सुस्त छ । जसले गर्दा तोकिएको समयमा परियोजना बन्दैन । यसको लागत पनि बढ्छ । यसैपनि निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगको उत्पादनमा सुस्तता थियो । कोरोनाको कारण यो अझ बढ्ने छ ।

कोराना भाइरसको कारण अहिले सरकारसँग जनता सबैभन्दा बढी डराएको सहज आपूर्ति व्यवस्थापन हुँदैन भन्नेमा हो । यद्यपि सरकारले पहल गरेपनि उपभोक्ताले डरको कारण उपभोग्य सामग्रीको संचय बढाएका छन् । जसले गर्दा महंगो मूल्यमा सामान खरिद गर्नुपर्ने अवस्था आएको छ ।

देशमा हुने सभा सम्मेलन, गोष्ठी भेलाहरु स्थगित भए । जसको प्रभाव पनि अर्थतन्त्रमा पर्छ । अर्को सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा परेको चीनबाट आउने सामानको आयातमा कमी हो ।

अहिलेसम्म कच्चा पदार्थहरु आएपनि कोरोना भाइरसको स्थिति नियन्त्रणमा नआएमा त्यो आउन रोकिने छ । जसले गर्दा उद्योगहरु चल्न सक्दैनन् । उद्योग व्यवसाय चल्न नसकेपछि स्वभाविक रुपले सरकारको राजस्व कम उठ्छ । सरकारले चालु खर्च घटाउन नसक्ने स्थितिमा ऋणको भार थप पर्छ ।

शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.