• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

राजनीतिक प्रतिवेदनमा छलफल गर्दै नेकपा, बैठक बस्ने नबस्नेबारे कांग्रेसमा अन्योल

काठमाडौं– प्रमुख दुई राजनीतिक दल बैठकमा जुटेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा० र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीको महत्वपूर्ण बैठकमा जुटेका हुन् ।

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक हिजोबाट शुरु भएको छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक विहीबारबाट शुरु भएपनि बस्न सकिरहेको छैन ।

आइतबारबाट शुरु नेकपाको स्थायी कमिटी बैठक आज विहान ११ बजे पुन बस्दैछ भने नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।
नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा प्रचण्डले तयार गरेर पेश गरेको प्रतिवेदनमा प्रचण्डले राष्ट्रिय९अन्ताष्ट्रिय राजनीतिक अबस्था, सरकारको काम, उप९चुनावको समीक्षा र आगामी ६ महिने कार्ययोजनालगायतका सात शीर्षकमा ११ पृष्ठ रहेको छ ।

राजनीतिक प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त अवस्थामा रहेको बताएका छन् ।

राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नै हुन नसकेको उल्लेख गरेका प्रचण्डले पार्टीभित्र विभिन्न गुटहरु झाँगिदै जान थालेको समेत बताएका छन् । साथै, पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा रहेको पनि प्रचण्डको ठहर छ ।

उपचुनावको नतिजाले पार्टीलाई धक्का दिएको निष्कर्ष निकालेका छन् । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा उपचुनावमा संख्यात्मक जित भए पनि उत्साहजनक नरहेको निचोड निकालिएको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने केन्द्रीय कार्यसमिति बैठक बस्छ कि बस्दैन भन्ने अन्योल रहेको छ ।

१४ औं महाधिवेशनको कार्यतालिका बैठकको कार्यसूची नबनेसम्म बैठकमा बस्न नसकिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानका कारण विहीवारबाट कांग्रेस बैठक बस्न सकेको छैन । पौडेललाई अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि साथ दिइरहेका छन् ।

नेता पौडेललाई मनाउन देउवाले प्रयास गरेपनि सफल हुन सकेका छैनन् । गत शनिवार पौडेल निवास पुगेरै देउवाले सहमतिमा आउन पौडेललाई आग्रह गरेपनि सफल हुन सकेनन् ।

आइतवार९हिजो० का लागि बैठक बोलाइएपनि नेता पौडेल पाथीभर दर्शका लागि ताप्लेजुङ पुगेका थिए भने नेता सिटौला पनि बैठकमा सहभागी भएनन् । जसका कारण बैठकमा कार्यसूचीबारे कुनै छलफल हुन सकेन ।

संस्थापन पक्षले वरिष्ठ नेता पौडेल पक्षधर नेता नआएपनि बैठक सञ्चालन गर्ने तयारी गरेको थियो तर बैठक आजका लागि सारिएको छ । पार्टी सभापति देउवाले पौडेल पक्षसँग सहमति गरेर बैठक सञ्चालन गर्ने प्रयास जारी राखेका छन् ।

सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.