धनगढी, २८ मंसिर
सुदूरपश्चिम प्रदेशसभा प्रमुख प्रतिपक्षदलका नेता डाक्टर राणबहादुर रावलले नेकपाको सरकारले सिङ्गो राष्ट्रलाई नै बिरामी बनाएको आरोप लगाएका छन् ।
शनिवार नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिले धनगढीको फुलवारीमा आयोजना गरेको भेटघाट कार्यक्रममा यस्तो आरोप लगाएका हुन । जता हे¥यो लथालिङ्ग छ, भ्रष्टाचार संस्थागत हुदै गएको छ डाक्टर रावलले भने, समृद्धीका लागि दुई तिहाई मत मागेको नेकपाले नागरिकहरुलाई दुःख पिडा यातना बाहेक केहि दिएको छैन । प्रधानमन्त्री केपी ओली बिरामी हुनुहुन्छ वहाँको स्वास्थ्य लाभको कामना गर्दछौं प्रमुख प्रतिपक्षदलका नेता रावलले भने, सिंगो देशलाई बिरामी बनाएको प्रति भने हामी चिन्तीत छौं ।
नेता रावलले नेकपाले गर्ने राष्ट्रिवादका कुरा लिपुलेगमा पुगेर लम्पसारवादमा परिणत भएको बताए । आफ्नो देशको भूमि बिदेशीले कब्जा गर्दा समेत पत्रात्रार गर्न गराउने कम्यूनिष्टहरुको सक्कली रुप जनताले देख्न पाएको पनि नेता रावलले बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाली कांग्रेस प्रतिपक्षमा रहेकाले जनतासंगको सम्वन्ध बलियो बनाउनु पर्ने बताए । कम्यूनिष्टहरु भनेका झुट र भ्रमका पर्याय हुन भनेर नागरिकहरुले बुझिसकेका छन् नगरप्रमुख वडले भने, नबुझेका भएपनि बुझ्ने छन् । यस देशमा सबै किसिमका परिवर्तनको नेतृत्व नेपाली कांग्रेस गरेको हो नगरप्रमुख वडले भने, त्यसैले अव समृद्धी पनि नेपाली कांग्रेसकै हातबाट सम्भव छ ।
कार्यक्रम नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिका सभापती सूर्य प्रकाश जोशीको सभापतित्वमा भएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिका सदस्य हरेन्द्र ऐडीले गरेका थिए ।