काठमाडौं, १७ भाद्र- उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स बैठक गरेका छन् । मंगलबार दिउँसो सिंगापुरबाट प्रम ओलीले नेपालस्थित कार्यवहाक प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुसँग सरकारको कामबारेमा छलफल गरेका हुन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रम ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् दोस्रो पकट आफ्नो क्याबिनेटका सदस्यहरूसँग संवाद गरेको जानकारी दिए ।
प्रमले दोस्रो चोटी सिंगापुरबाट आफ्नो क्याबिनेटका सदस्यहरुसँग सरकारका कामबारेमा छलफल गर्नुभयोु, रिमालले ट्विट गर्दै भनेका छन्, उहॉले आफ्नो उपचारबारे जानकारी दिनुभएको छ। र, मन्त्रीज्यूहरूले आफ्नो कामबारे प्रमलाई अपडेट गर्नुहुने योजना छ ।