लोकबहादुर देउबा / लम्की ७ साउन
लम्की र स्वतन्त्र विद्यार्थी युनियन लम्की बहुमुखि क्याम्पसका सचिव नवराज न्यौपानेले क्याम्पसमा विद्यार्थिहरुले गरेको तालाबन्दीको बिषयमा असहमति जनाउदै विज्ञाप्ती निकालेका छन ।
साउन ५ गतेका दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति ललित जैशीको नेतृत्वमा गरीएको निर्णय विनाकै तालाबन्दी प्रति हामी बहुमतका ‘स्वविय’ पदाधिकारीको असहमती रहेको यसै विज्ञप्ती मार्फत सम्पुर्ण प्रगतिशिल विद्यार्थीहरुमा जानकारी गराउन छौ, विज्ञप्तीमा उल्लेख छ ।
स्ववियु’ कमिटी आफैमा क्याम्पसको विकास तथा विद्यार्थीको हक र अधिकारको लागि विद्यार्थीको मत बाट अनुमोदन भएर आएको कुरालाई लत्याउदै स्ववियु सभापतिको तालाबन्दीको उद्धेश्य संस्थागतको हितको नभई ब्यक्तिगत फाईदाको भावनाले प्रेरीत भएको विज्ञाप्तीमा उल्लेख छ ।
क्याम्पस प्रशासन कक्ष र ब्यावस्थापन समितिको कार्यकक्षमा गरीएको तालाबन्दीले नजिकिदै गरेको परिक्षा र क्याम्पसका दैनिक क्रियाकलापमा प्रत्यक्ष रुपमा असर परेको छ, हामी स्ववियु पदाधिकारी ति विद्यार्थीको पक्षमा छौं जो चाहान्छन् की, नियमित पठनपाठन होस, प्रशासनिक काम होस र असन्तुष्ट बिषय लाई स्ववियु समितिमा छलफल गरी आधिकारीक निणर्य बाट सबै सामु ति बिषयहरु ल्याईयोस, विज्ञप्तीमा उल्लेख छ ।
विज्ञाप्तीमा अगाडि लेखिएको छ, सम्पुर्ण विद्यार्थीको तर्फबाट यो अपिल गर्दछौ की तुरुन्त एकल, ब्यक्तिगत निर्णय बाट चालिएको कदम फिर्ता लगियोस साथै क्याम्पस ब्यबस्थापन समितिलाई अनुरोध गर्दछौ की ताला खोली विद्यार्थीको पठापाठन गर्न पाउन अधिकारको सुनश्चिता गरीयोस, अन्यथा हामी सम्पुर्ण प्रगतिशिल विद्यार्थी ताला तोड्न बाध्य हुने छौं ।
