• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

मनसुन पुनः सक्रिय भएपछि सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

धनगढी,१० असोज । मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक अपिल जारी गरी बिहीबारदेखि शनिबारसम्म प्रदेशका धेरै स्थानमा भीषण वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । सरकारले विपत्मा खटिने सबै मन्त्रालय, सबै जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय तह तथा सबै सरोकारवाला र स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

अहिलेको वर्षाले विशेषतः कृषि क्षेत्रमा बढी प्रभाव पार्ने देखिएको प्रदेश सरकारको ठम्याइ छ । मन्त्रालयका उपसचिव एवं प्रवक्ता कृष्णप्रसाद नेपालद्वारा जारी अपिलमा किसानलाई धान नकाट्न सचेत गराइएको छ । यसै गरी पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहने तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह छ । बाढीपहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपत् व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीलाई तुरुन्त खबर गर्न आग्रह गरिएको छ ।

बस्तीनजिक बाढीपहिरो, डुबान जोखिमको आकलन गरी सुरक्षाकर्मी एवं स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा घरपरिवार तथा सरसमान सार्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।

विपत्मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान राख्न र सम्भावित विपत्लाई ध्यानमा राखी खोज, उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी मनसुनी वर्षाको उच्च जोखिममा छ । यस्तै दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम मध्यम जोखिममा छन् ।

धान भित्र्याउने बेला मनसुन सक्रिय भएपछि किसान चिन्तित बनेका छन् । पाकेको धानलाई वर्षा, बाढीले ठुलो नोक्सान गर्ने उनीहरूको भनाइ छ । धेरै जसो धान पाकिसकेकाले फेरि अबको वर्षाले धेरै क्षति गर्ने कृषक माघुराम चौधरीले बताउनुभयो । कैलालीमा कतिपय किसानले धान काटिसकेका थिए । मनसुन पुनः सक्रिय हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेपछि काटेको धानलाई किसानले भित्र्याएका छन् । धनगढी उपमहानगरपालिकामा नगर प्रहरीले मङ्गलबार बिहानैदेखि माइकिङ गरेर किसानलाई धान नकाट्न र काटेको धान साँझसम्म भित्र्याउन आग्रह गरेका थिए ।

बिहिबार, असोज १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.