धनगढी,८ असोज । बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर बुढीगंगा नगरपालिका– ४ बानेगाउँका ६० वर्षीय खम्म कुटुवालको मृत्य भएको हो ।
घरमै सुतिरहेको समयमा चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । चट्याङ लागेर बाजुराकै गौमुल गाउँपालिका– ४ कौटाकोट टोलकी साउनी रोकाया घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ ।
चट्याङ लागेर ४ वटा बाख्राको समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।