धनगढी, ९ असोज /नेकपा एमालेका महासचिव शंकर पोखरेलले भिम रावल स्वतन्त्र भएको बताएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाले बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । सुदूरपश्चिमका एमाले नेता भिमरावलले आफुले आफुलाई स्वतन्त्र हुँ, भन्दै हिनी रहेकाले अहिले नै भिम रावललाई पार्टीको जिम्मेवारी दिने कुरा टुङ्गो लागेको छैन् ।
महासचिव पोखरेलले थप्दै ‘भने नेता रावलले पार्टीको कुनै पनि विधानको पालना गरेका छैन्न , यसैले एमालेको लागि नेता रावल स्वतन्त्र नै हुन् ‘। जिम्मेवारी पाउनु भन्दा अगाडी आफ्नो कर्तव्य पनि निभाउन सक्नु पर्छ ,तर नेता रावलले पार्टी प्रतिको कर्तव्य निभाउन नसकेको महासचिव पोखरेलको आशय थियो ।
यस्तै देशको समसामयीक घटनाक्रममा बोल्दै भने ‘नेपालमा विकास हुन नसक्नुको मूख्यकारण अस्थिर सरकार र काम गरी रहेको बेलामा बिनासित्ती विरोध मात्रै गर्ने प्रवृतिले गर्दा यस्तो भै रहेको छ । अर्को तिर समाजिक सञ्जालको सरकार प्रति व्यापक दूरपयोग भैरहेको छ, यसमा हामी सबैले सजग हुनु पर्नेमा समेत हमासचिव पोखरेलले जोड दिए ।
सहकारी ठग्नेहरु पनि कुनै हालतमा सरकारले छोड्ने वाला छैन् । अनुसन्धानमै छौँ र अनुसन्धानमा बाहिरी जमात र गलत प्रचारले केही प्रश्रय पाए पनि अब यसरी यो खेल धेरै नटिक्नेमा समेत दाबी गरे । साना दलहरुले संविधानको मर्म र लोकतन्त्रकै उपहास उडाउने काम पटक पटक गरे पछि हामी दुई ठुुला दल (नेपाली कांग्रेस / नेकपा एमाले) मिलेको र अब यो सरकारले देश र जनताकै हितमा काम गर्नेमा सरकार प्रतिवद्ध रहेको समेत उनले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा मात्रै चिकित्सा शिक्षामा कोटा नखुलाएको बारे स्पष्ट पार्दै भने “गेटामा चिकित्सा शिक्षाका लागि विश्व विद्यालयको माग हो । तर अन्य प्रदेशमा कहीँ प्रतिष्ठान त कहीँ सम्बन्धन प्राप्त गरेर मेडिकल शिक्षामा कोटा छुट्याएको उनले भने , जब सम्म गेटामा सञ्चालनमा हुने विश्वविद्यालयले आफ्नै पाठ्यक्रम निमार्ण गर्दैन तब सम्म नारा , जुलुस , मिडिया प्रपोगाण्डा गरेर यो सम्भव नभएको बारे समेत उनले जानकारी दिए ।