धनगढी,७ असोज । बझाङका एक युवक सेती नदीमा बेपत्ता भएका छन् । जयपृथ्वी नगरपालिका(९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएका हुन् । उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका प्रहरीले बताएको छ । स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा प्रहरी टोलीले खोजी कार्य गरिहेको छ ।
बझाङका एक युवक सेती नदीमा बेपत्ता
बझाङका एक युवक सेती नदीमा बेपत्ता