धनगढी, ५ असोज / सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टले गोदावरीमा राजधानी बनाउने विषय बजेटबाट किन हटाइएको भनेर प्रश्न गरेकी छिन । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले विगतका वर्षहरूका बजेटमा प्रदेश राजधानीको विषय उठान हुने गरेपनि यस पटक किन मौन बसेको भनेर प्रश्न गरेकी हुन ।
‘७ वर्षदेखि प्रदेश संरचना नबनेपछि बजेट छुट्टिँदै आइरहेको बेला अहिलेको सरकारले त्यो सिस्टमबाटै नै किन हटायो किन नामोनिसान नै मेटियो रु’ उनले भनिन् ‘बजेटबाट हटाउने नै भए यो प्रदेश नै खारेज गरिदिऊँ । किन चाहियो प्रदेश ’
उनले राजधानी तोकिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले चुनाव जितेको ६ महिना भित्र राजधानी बनाउने भनेर जनतामा भ्रम छरेको बताइन् । उनले अहिले तिनै सांसद सरकारमा गएको बेला बजेटबाट राजधानी राजधानी हटाएको बताइन् ।
उनले गोदावरीमा राजधानीको विषयमा मुद्दा परेकाले अर्को ठाउँमा राजधानी बनाउन निःशुल्क जग्गा उपलब्ध गराउँछौ भन्ने पनि कता हराए भनेर प्रश्न गरिने ।
‘राजधानी निर्माण गर्ने ठाउँमा मुद्दा परेको छ । त्यहाँ हुन सकेन भने मैले निःशुल्क रुपमा जग्गा उपलब्ध गराउँछु र, राजधानीको प्रक्रिया अगाडि बढाउनु पर्छ भने । अहिले त्यो किन छुट्यो’ उनले भनिन ‘त्यो निःशुल्क जग्गा कहाँ गयो । अहिले त्यो किन अगाडि बढ्न सकेन ।’