धनगढी, ३१ भदौ / दोस्रो एएमसी कपको उपाधि त्रिपुरा सुन्दरी क्याम्पस अछामले हात पारेको छ । त्रिवेणी आदर्श बहुमुखी क्याम्पस बझाङ्गलाई ३–० को सोझो सेटमा हराएर एएमसी कपको उपाधी हात पार्न त्रिपुरा सुन्दरी क्याम्पस अछाम सफल भएको हो ।
भदौ २९ गते नै सम्पन्न हुने गरी भदौ २६ गतेबाट सुरुभएको दोश्रो एएमसी कपमा अन्तिम खेलमा आएर विवाद सिर्जना हुँदा खेल स्थगित भएको थियो । खेलाडी , खेलाडीका बीचकोे विवाद , आयोजक र खेलाडीहरुका बीचको सबै खाले विवादको समाधान गरेर आज फेरी एश्वर्य बहुमुखी क्याम्पसको खेलमैदानमा अन्तिम खेल सुरुबाट खेलाएको आयोजकले जनाएको छ ।
यस्तै एएमसी कपमा तेस्रो स्थान आयोजक स्वयम् एश्वर्य बहुमुखी क्याम्पसले हात पारेको थियो ।
दोस्रो प्रदेश स्तरीय एएमसी कपका विजेता, उपविजेता , र तेस्रो स्थान हात पार्ने खेलाडी टोलीलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेर एएमसी कपको आज नै समापन गरेको आयोजकले जनाएको छ ।