धनगढी, ७ माघ
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले थारु समुदाय प्रजातन्त्रको पर्याय भएको बताए ।
मंगलबार धनगढी उप–महानगरपालिका १८ को शिवटोलमा भलमन्सा छनौट कार्यक्रमको उद्घाटन गर्दे नगरप्रमुख वडले यस्तो धारणा राखेकी हुन । थारु समुदायमा घर देखि नै लोकतान्त्रीक अभ्यास हुने गर्दछ उप–प्रमुख भट्टले भनिन् , भलमन्सा छनौट प्रकृया पनि यसको उदारण हो । थारु समुदायको सामाजिक परंपरा हिजोका दिनदेखि नै प्रजातान्त्रीक विधी र प्रकृया बाट चल्दै आएको बताउदै उप–प्रमुख भट्टले भनिन्, उनिहरुबाट अन्य समुदायले सिक्ने कुराहरु धेरै छन् ।
भलमन्सा भनेको सबैको भलो चिताउने ब्यक्ति हो उप–प्रमुख भट्टले भनिन् उस्ले आफ्नो भन्दा पनि समाजको भलो चिताउनु पर्छ । भलमन्सा छनौट कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिका १८ का अध्यक्ष मुरारी अधिकारीले थारु समुदायमा भलमन्सा छनौट प्रकृया सहभागिता मुलक ढंगले हुने गरेको बताए । शिवटोलको भलमन्सामा बुद्धी चौधरी र चिराकीमा सन्तोष चौधरी चयन भएका छन् । उनलाई पूर्व भलमन्सा जोगिराम चौधरीले नेतृत्व हस्तान्तरण गरेका हुन । जोगिराम चौधरीले आफुलाई ५ बर्ष सम्म निरन्तर भलमन्सा बन्ने अवसर दिएकोमा समुदायलाई धन्यवाद दिए ।
थारु समुदाय प्रजातन्त्रको पर्याय हो ः उप–प्रमुख भट्ट
थारु समुदाय प्रजातन्त्रको पर्याय हो ः उप–प्रमुख भट्ट
