धनगढी , ३० भदौ / यतायात व्यवसायीहरुको लागि एकिन मापदण्ड नबन्दा सुदूरपश्चिमको पहाडी जिल्लामा बस व्यवसाय सञ्चालन गरी रहेका व्यवसायी मार्कामा परेका छन । १ महिना सम्म यतायात कार्यालयले सेवा आफैँले रोकेर फेरी व्यवसायीलाई जरिमाना लगाएर दुख दिई रहेको समस्या एकातिर छ भने, मापदण्ड विपरीत चलेका इलेक्ट्रोनिक भ्यानले भाडा दर भन्दा कममा सवारीहरुलाई ओसार पोसार गरेर आफूहरुको बस व्यवसायलाई ठुलो समस्यामा पारको अछाम बाजुरा संयुक्त गठबन्धन व्यवसायीका संयोजक बिक्रम स्वारले बताए ।

एक महिना भरी यतायात कार्यालयमा सेवा बन्द गरियो , त्यो समयमा सबै सवारीहरुका सबै काम रोकिएर ढिलो भएको भएता पनि आजभोली सेवा लिन जाँदा साविकको दर भन्दा दोब्बर , तेब्बर रकम यतायातमा बुझाउनु परेको यतायात व्यवसायी स्वारले बताए । अर्को दिन दिनै बढी रहेको समस्याका रुपमा रातो नम्बर पिलेका सवारीहरुले यात्रु बोकिरहेको छ , यस बिषयमा प्रहरी, ट्राफिक प्रहरी सबैलाई जानकारी गराएका छौँ । तर पनि हाम्रो समस्या प्रति खासै गम्भिर नभएको र हामीले प्रहरीको जिम्मा लगाएकाहरुलाई पनि छोडी दिने गरेको भनि अछाम बाजुरा संयुक्त गठबन्धन व्यवसायीहरुले आरोप लगाएका छन् ।
यस्तै सरकारले व्यवसायीहरुको लगानी र सवारीको क्षमताका आधारमा रुट प्रमिट दिनु पर्ने देखिन्छ । साना साना सवारीले लामो दुरीमा यात्रु ओहोर दोहोर गर्दा हामी बस व्यवसायीले कसरी व्यवसाय गर्ने भनि प्रश्न मूलक गुनासो पोखे । साथै भने करोडौँ हालेर ,घर जग्गा धितो राखेर यतायात व्यवसाय गरी रहेका छौँ सरकारले हाम्रो समस्या प्रति बेखबर भए पछि यसको ठुलो मूल्य चुकाउनु पर्ने भनि संयुक्त गठबन्धनका बस व्यवसायीहरुले चुनौति समेत दिएका छन् ।