धनगढी,२५ भदौ । कञ्चनपुरमा स्यालले टोक्दा ४ जना घाइते भएका छन । बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका ४ जना गम्भीर घाइते भएका हुन् ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी, ६३ वर्षीया गंगादेवी सिंह, ६३वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराले जनाएका छन । उक्त स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ ।