धनगढी,२२ भदौ । कञ्चनपुरस्थित सीमानाका जोडिएको बनबासा क्षेत्रमा भारतीय प्रहरीको सुरक्षा बल (एसएसबी) ले ४० थान अवैध कारतूससहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रानीखेतका विधायक प्रमोद नैनवालका भाई सतीश नैनवाल र उनका चालक दिनेश चन्द्र रहेका छन्। भारतीय प्रहरीका अनुसार, सतीश नैनवाल र उनका चालकलाई नेपाल–भारत सीमामा कारतूससहित समातिएको हो।
एसएसबीले ७.६५ एमएमको कारतूस समातेको हो । उक्त बनबासा प्रहरीको जिम्मामा दिइएको छ । नैनवाल र उनका चालक नेपालतर्फको यात्रामा रहेका बेला चेकिङका क्रममा पक्राउ गरेको एसएसबीले बताएको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिहरूको बारेमा अनुसन्धान गरिरहेको छ ।