धनगढी, २० भदौ / थारु खानाको प्रचारप्रसारको लागि अटवारी अग्रासन कार्यक्रम गरिने भएको छ । यही भदौ २४ गतेको दिन नुक्लिपुर सामुदायिक होमस्टे र गाउँ समाजको संयुक्त आयोजनामा गौरीगंगा नगरपालिका १० मा भव्य रुपमा अटवारी अग्रासन र विभिन्न सांस्कृतिक कार्यक्रम हुने नुक्लिपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दैहीतले जानकारी दिए ।
अग्रासन कार्यक्रम र एकै साथ १२ प्रकारका थारु खानाको एकै ठाउँमा स्वाद लिन सकिने कार्यक्रम आयोजकले जानकारी दिए । कार्यक्रमा सांस्कृतिक विभिन्न एकल डान्स, सखिया नाच, महालोक गायक मनि राम चौधरी , अन्य थारु मोडेलहरुको समेत प्रस्तुति रहने छ ।
त्यस्तै खानपिनमा अन्डिक रोटि,फुलौरी,खरिया,खुर्मा, घोङ्घी,लोकल मन्च्छी सिध्रा, सुरिक सिकार, लोकल मुर्गा,ढुसापोई लगयातका थारु खानाका परिकार सस्तो मुल्यमा पाईने होमस्टेका अध्यक्ष दहितले जानकारी गराए ।
हामस्टेको प्रचारप्रसार र थारु खानाको प्रबर्द्धन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । अटवारी पर्वलाई थारु समुदायले एक विशेष पर्वका रुप लिने गरेका छन् , यही विशेष दिनलाई झन विशेष बनाउन कार्यक्रमको आयोजना गरिएको छ ।