धनगढी, ९ भाद्र/कञ्चनपुरको महेन्द्रनगर बाट काठमाडौंका लागी हिडेको बस दुर्घटना हुदा १० जना घाइते भएका छन् । आइतबार आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।
महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ। बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।