धनगढी, ५ भाद्र/डोटीमा श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका-५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी बुधवार ४५ वर्षीय श्रीमती नरु साउदको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार मङ्गलवार दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जनाएका छन्।