धनगढी , २७ साउन / कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामग्रीहरु बरामद गरिएको हो।
धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराहा बालुवाघाट, भजनी नगरपालिका–७ कुटी गाउँ र भजनी ९ पहलवान गन्जुवाको जंङगलबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ३२ हजार २ सय बराबरको चिनी, प्याज, मिठाई, चक्लेट, सरप, साबुन, बिडी, सुर्ती, पानीपुरी, ज्वानो, जिरापाउर लगायतका सामग्रीहरु बरामद गरेको हो ।
यस्तैगरी मरिच, खुर्सानी, सुटपिस, दोपट्टा, कुर्ती, साडी, टोकरी, बच्चाको खेलौना,प्लाष्टिक झिल्ली लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।