धनगढी, २६ साउन/विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर बाजुराको बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनंगामा बिष्टलाई करेन्ट लागेको थियो।
बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए।