कञ्चनपुर, २२ असार/कञ्चनपुरमा सर्पले डसेर एक प्रहरी जवानसहित दुई जना घाइते भएका छन । जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ मा सर्पले डसेर अस्थायी प्रहरी पोष्ट झुलङ्गेमा कार्यरत २२ वर्षीय नविन ऐरी घाइते भएका हुन् ।
कञ्चनपुरकै कृष्णपुरनगरपालिका वडा नम्बर १ की ३५ वर्षीया गिता साउँद पनि घाइते भएकी छन । गितालाई खाना बनाउँने बेला शुक्रवार सर्पले बायाँ हातमा डसेको थियो । घाइते दुबै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।