धनगढी,१९ असार । कैलालीबाट बैंकिङ कसुर र वन पैदावार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१ का ३५ वर्षीय बिष्णु गोतामे र वन पैदावारओसारपसार मुद्दामा १४ हजार ६ सय जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–२ बस्ने ६४ वर्षीय भुपेन्द्र बिक्रम शाही पक्राउ परेका छन्।
अदालतबाट कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।