धनगढी, ११ असार/कैलालीको गोदावरी नगरपालिकाको एक सामुदायिक बनमा एक नाले भरुवा बन्दुक फेला परेको छ । नगरपालिकाको वडा नं। ४ मा रहेको सेती सामुदायिक बनमा सोमबार दिउँसो ४ बजेतिर बेवारिसे अवस्थामा रहेको एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरिक्षक कर्ण बहादुर पार्किको कमाण्डमा खटि गएको प्रहरी गस्ती टोलीले उक्त सामुदायिक बनमा रहेको सालको रुखको प्वालभित्र उक्त भरुवा बन्दुक फेला पारेको थियो ।
त्यसबाहेक १८ वटा सिसाको गोली, १५ वटा छर्रा र एउटा सानो डिब्बा बारुद पनि फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।