लवदेव धामी
म राजनीति हुँ,
मलाई गल्लि गल्लि हुँदै सदन सम्म गरिन्छ
परिवारमा गरिन्छ, समाजमा गरिन्छ
विकासमा गरिन्छ, बिनासमा गरिन्छ
जन्तीमा गरिन्छ , मलामी गरिन्छ
हो , त्यहीं राजनीति हुँ।
अनपढ देखि विद्वानले गरे,
दास देखि मालिकले गरे,
विद्यार्थी देखि शिक्षक,
किसान देखि वैज्ञानिक
सय हुँदै हजारौंले गरे
म राजनीति
कसैले नीति सहित गरे
कसैले मेरो मर्म भुलेर आफ्नो लागि गरे
भर्सक सबैले गरे
म त्यहीँ राजनीति हुँ।
मैले स्याबासी पाए,
पटक पटक अपमान पाए,
गल्ती नगर्दा पनि तिरस्कार पाए
म आफ्नो बचाउमा बोल्न सक्दैन
म लाचार छू,
मेरो पहिचान फेरेका छन्
कतिले मान सम्मान फेरेका छन्
घर फेरेका छन्,
जहान फेरेका छन्
तर मलाई फेर्न कोही अघि सरेन्न ,
यीनका हजुर बुवाले गरे
बुवाले गरे , छोरा गर्दै छन्
मलाई डर नाती पनि यसै गरी गर्ने छन्
किन कि ,
म लाचार , असहाय राजनीति न हुँ।
मेरो आडमा कतिले डलर कमाए,
डलरकै आसमा मेरो मर्म बेचे, देश बेचे
हत्या, हिंसा, बलात्कार के के गरे
सबैमा मेरो आड लिएस
त्यसैले होला सबै भन्छन्
नालायक राजनीति,
म अब भन्न सक्दिन लायक छु भनेर
किन कि मलाई पनि बेचि सकेका छन
म गुलाम भएको
राजनीति हुँ स
मेरो अलग पहिचान छैन।
म चाहान्थे राजनीति गर्नेहरु,
हिटलर नबनुन, सबै त्यही बने
बुद्ध बन्नेहरु यति ठुलो जमातमा कोही छैन१
किन किस थाहा छ
मलाई शान्तिको आभास गराउने
कोही राजनितिज्ञ जन्मेकै छैनन्१
यहाँ परेवा उडाउने भन्दा
गर्धन उडाउने दिनानुदिन बढ्दै छन्
आफ्नै आमा , दिदि ,बहिनि, छोरी
लुटिरहेका छन् स तर
किनरु
जताततै मेरो मात्रै नाउ बेचिरहेका
के न्यायालय सबै साच्चिकै अन्धा भए
अब मलाई न्याय चाहिएको छ ।
म राजनीति हुँ
मैले रुनु हुन्न,
अनशन, धर्ना, बन्द , हडताल गर्नु हुन्न
म आफैं गर्न पनि त सक्दैन
किन कि मेरो मर्म छ , नीति छ , विधान छ स
बिन्ती म न्यायको पर्खाइमा छु
म कसैको प्रिय, कसैको अप्रिय
कसैको आफ्नो, कसैको पराइ
कसैको हितैषी, कसैको सत्रु त कसैको मित्र
त्यही लाचार, पीडित
पल पल न्याय खोजिरहेको
त्यहीँ राजनीति हुँ ।।।।।।